हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोपावरले तय गर्यो बुक क्लोज मिति

2021-03-10
हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोपावरले तय गर्यो बुक क्लोज मिति

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आउँदो चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

यसर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन्। कम्पनीको २३ औँ वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागनु २५ गते अनुमति प्रदान गरेको थियो। कम्पनीले १ः०.५(५० प्रतिशत)को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति प्राप्त गरेको छ। 
हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। 

कम्पनीले सत्प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो। तर विद्युत नियम आयोगले कम्पनीलाई दुई चरणमा हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। अब कम्पनीले ५० प्रतिशत हकप्रद जारी गरेपछि दोस्रो चरणमा फेरी ५० प्रतिशत हकप्रद जारी गर्नेछ। 

 


Share this with your friends: