आइएमई जनरलले ४०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

2021-06-11
आइएमई जनरलले ४०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । 

बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेश भक्त श्रेष्ठ  तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो । कम्पनीको उक्त प्रस्तावलाई बीमा समितिले अुनुमति प्रदान गरेसँगै कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडी बढाउने क्रममा बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयरपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। 

अब कम्पनीले बोनससेयर वितरणपशचात कायम चुक्तापुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। हकप्रद जारीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ। 


Share this with your friends: