हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफको आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा यस्तो छ वित्तीय अवस्था

2021-08-15
हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफको आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा यस्तो छ वित्तीय अवस्था

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ९३ करोड ५४ लाख ५८ हजार ७२१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३३.३८ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले ८२ करोड ९३ लाख १३ हजार ०८५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १३ करोड ५१ लाख ८२ हजार ६१४ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा यो रकम ७ करोड ५४ लाख ३ हजार ०४१ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले १० करोड १३ लाख ३७ हजार ०८३ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ७६ करोड २६ लाख ९३ हजार ५०२ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी १० करोड २७ लाख ७६ हजार ३७७ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २०.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८ करोड ५३ लाख ८४ हजार ३७४ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।
कम्पनीको व्यवस्थापन खर्च ३८ करोड १५ लाख ६० हजार २९२ रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २१ करोड २० लाख ३४ हजार ०६९ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर २ अर्ब १० करोड २० लाख ३७ हजार २७५ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२१.०६ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ९५ करोड ८ लाख ८४ हजार ३१० रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष १२ करोड २० लाख ३ हजार ९७६ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २४ करोड ७७ लाख ६५ हजार १०२ रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ३८ हजार २७५ बीमालेख जारी गरेको छ।

अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २७ हजार २१८ बीमालेख जारी गरेको थियो। 


Share this with your friends: