काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले हितग्राही खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले आ.व २०७६/७७ सम्म बैंकमा हितग्राही खाता खोलेका खाता सञ्चालनबापत वार्षिक शुल्क प्रति आ.व रु.१०० का दरले असार मसान्तसम्म बुझाउन आग्रह गरेको छ ।
उक्त शुल्क मेरो सेयरमार्फत विभिन्न अनलाइन पेमेन्ट जस्तै कनेक्ट आईपीएस, ई–सेवा, खल्ती, प्रभु पे र आइएमई रेमिटबाट गर्न सकिनेछ । हालसम्म मेरो सेयर सेवा नलिएकाहरुले बैंकको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङको हात्तिसार कार्यालय वा बैंकको नजिकको शाखा कार्यालयहरुमार्फत शुल्क बुझाउन सक्नेछन् ।
तोकिएको समयसम्म शुल्क नबुझाए हितग्राही खाता रोक्का÷निष्क्रिय गरिने बैंकले जनाएको छ ।
यसका साथै नेपाल एसबीआई बैंकमा हितग्राही खाता खोली मेरो सेयर सेवा लिएकाहरुलाई वार्षिक शुल्क बापत रु ५० कनेक्ट आईपीएस, ई–सेवा, खल्ती, प्रभु पे र आइएमई रेमिट जस्ता अनलाइन प्लेटफर्ममार्फत बुझाउन समेत बैंकले आग्रह गरेको छ ।