हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

2021-05-14
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख ३१ गतेदेखि लागू हुने गरी यी दुुई बैंकको सेयर कारोबार रोक्का गरेको हो। 

यी दुुई बैंकहरुले वैशाख ३० गतेको पत्रमार्फत ए आपसमा गाभ्ने/गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण मर्जर प्रयोजनका लागि बैंकहरुको सेयर कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ। नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)तथा प्राप्ति सम्बन्धि नियमावली २०७३ को विनिमय ६(१) बमोजिम सेयर कारोबार रोक्का राखिएको जनाएको छ। 


Share this with your friends: