हिमालयन बैंकद्वारा ५ वर्ष पुरानो लाभांस बुझिलिन आग्रह

2021-08-06
हिमालयन बैंकद्वारा ५ वर्ष पुरानो लाभांस बुझिलिन आग्रह

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको विभिन्न आर्थिक वर्षको लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो । 

बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि कतिपय सेयरधनीहरु लाभांस तथा बोनस सेयर लिन नआएको र बैंकलाई उपलब्ध गराएको ठेगानामा लाभांस पूर्जा तथा बोनस सेयर पठाउँदा समेत सम्बन्धित व्यक्ति फेला नपरेको र ठेगाना अस्पष्ट भएका कारण बैंकमा नै फिर्ता आएको जनाएको छ । त्यसैले हालसम्म पनि लाभांस पूर्जा तथा बोनस सेयर प्राप्त गर्न नसकेका सेयरधनीहरुलाई आफ्नो परिचयपत्र वा सेयर प्रमाणपत्र साथमा लिई कार्यालय समयभित्र हिमालयन क्यापिटल काठमाण्डौमा एक महिनाभित्र सम्पर्क राखि आफ्नो लाभांस पूर्जा तथा बोनस सेयर बुझिलिन बैंकले आग्ह गरेको छ । 

यसका साथै बैंकले चल्ती तथा बचत निक्षेप खाता खोलि विगत १० वर्ष वा सो भन्दा बढी समयदेखि खाताहरु सञ्चालन नगरेका निक्षेपकर्ताहरुलाई आफ्नो चल्ती तथा बचत निक्षेप खाता रहेको सम्बन्धित शाखामा आवश्यक कागजातसहित यथाशिर्घ सम्पर्क राखि आ–आफ्नो खाता नियमित गराउन समेत बैंकले आग्रह गरेको छ ।  


Share this with your friends: