हिमालयन क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

2021-08-19
हिमालयन क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको कम्पनीको रजियटर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा अन्य कुनै बैंकिङ संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने/गाभिने गर्नुपर्ने भएमा सो सँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा लेखापरीक्षणको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै अन्य विविध प्रस्तावहरु समेत पारित गरिनेछ ।   


Share this with your friends: