हिमालयन बैंकको सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा आउने

2021-11-28
हिमालयन बैंकको सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा आउने

हिमालयन बैंकको बैंकिङ सेवा अब साँझमा पनि, पुनः सुरु हुँदैछ सन्ध्याकालीन काउन्टर

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ। 

कोभिड–१९ का कारणले रोकिएको सन्ध्याकालीन काउन्टर सेवा बैंकले यही मंसिर १३ गते(बुधबार)बाट पुनः सञ्चालनमा ल्याउन लागेको हो। 
बैंकको सन्ध्याकालीन काउन्टर सेवा ठमेल, न्युरोड, पाटन, चाबहिल, महाराजगन्ज र टेकु शाखामा सञ्चालन हुनेछन्। यी शाखामध्ये ठमेल, न्युरोड र पाटन दिउँसो ३ः३० बजेबाट साँझ ७ बजेसम्म तथा चावहिल, महाराजगन्ज र टेकु शाखाबाट दिउँसो ३ः३० बजेबाट ६ बजेसम्म सन्ध्याकालीन काउन्टर सञ्चालनमा आउनेछन्।

यी सन्ध्याकालीन काउन्टरबाट रकम र चेक जम्मा गर्न सकिनेछ। चेकबाट रकम झिक्न र विदेशी विनिमय सुविधा पनि ग्राहकले सन्ध्याकालीन काउन्टरबाट पाउने बैंकले जनाएको छ। 


Share this with your friends: