हिमालयन बैंकद्वारा कैलालीको टीकापुरमा शाखा विस्तार

2021-11-30
हिमालयन बैंकद्वारा कैलालीको टीकापुरमा शाखा विस्तार

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१ जमरापारीमा आज मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ। 

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदूरपश्चिम प्रदेशको सातौँ शाखा हो। टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले वताए।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजारभन्दा बढी पीएसओ टर्मिनलहरु पुगेका छन्। 


Share this with your friends: