काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक ओरालो लागेका छन् । आज जीवन बीमा उपसूचक १४०.५ अंकले ओरालो लाग्दै १४९७६.५८ बिन्दुमा सीमित भयो । त्यस्तै निर्जीवन बीमा उपसूचक पनि ६४.१६ अंकले घट्दै १२३५१.०६ बिन्दुुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य २ प्रतिशतले बढ्दै प्रतिकित्ता १०२० रुपैयाँ कायम भयो ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे । आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ३.६१ र सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य २.७४ प्रतिशतले घट्यो ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ११.६० अंकले घट्दै २७५७.५३ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२५ कम्पनीका ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँमा किनबेच भयो ।
आज दुईवटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो । उत्पादन तथा प्रशोधन उपसूचक ९६.१४ र हाईड्रोपावर उपसूचक १३.२१ अंकले उकालो लागे । बैंकिङ उपसूचक ५.१ अंकले घटेको आज व्यापार ५८.५४, होटल एण्ड टुरिजम ५०.८८, विकास बैंक ६.८९, वित्त १९.२३, अन्य ३८.८८, लघुवित्त १७.४३, म्युचुअल फन्ड ०.०३ र लगानी ०.७४ अंकले घट्यो ।
आज दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिर्ट लाग्यो । नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ८, हिमाल दोलखा हाईड्रोपावर ६.४०, शिवश्री हाईड्रोपावर ४.१९ र सिभिल बैंकको सेयरमूल्य ४ प्रतिशतले बढ्यो ।
आज तेह्रथुम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबा भयो । बैंकको ५० करोड ९९ लाख बढीको सेयर कारोबार भयो भने नेशनल हाईड्रोपावर २३ करोड ८४ लाख र एनटीसीको २२ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।