१२.३५ अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

2021-05-03
१२.३५ अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९०.९५ अंकले घट्दै १७४६९.४४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८०.९६ अंकले ओरालो लाग्दै १३२८७.४९ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीतर्फ आज एभरेष्ट इन्स्योरेन्सको सेयरूमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १.९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७८१ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १२.३५ अंकले घट्दै २६५२.७५ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २१६ कम्पनीका १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता सेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज दुईवटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज लघुवित्त समूह ६९.०३ अंकले बढ्यो भने लगानी समूह पनि ०.४९ अंकले बढ्यो। बैंकिङ समूह ९.७८ अंकले घटेको आज व्यापार समूह १५.०८, होटल एण्ड टुरिजम १२.४२, विकास बैंक ३३.६८, हाइड्रोपावर ३२.०९, वित्त ९.०९, उत्पादन तथा प्रशोधन ६४.०८, अन्य समूह ३२.७२, ०.०३ अंकले घट्यो। 

आज विशाल बजार कम्पनी र नेशनल माइक्रोफाइनान्सकोे सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९९ प्रतिशतको उछाल आयो। त्यस्तै महिला लघुवित्तको सेयरमूल्य ९.९८, ङादी गुप्रपावर ९.८८, सिंगटी हाइड्रो इनर्जी ९.७७ र रुरु जलविद्युतको सेयरमूल्य ७.८७ प्रतिशतले बढ्यो। 

आज हिमालयन उर्जा विकासको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.५८ प्रतिशतको गिरावट आयो। हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.५३, रसुवागढी हाइड्रोपावर ३.३४, जानकी फाइनान्स ३.२७ र सिन्धु विकास बैंकको सेयरमूल्य २.७२ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ३९ करोड ३५ लाख बढीको सेयर कारोबार भयो भने नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ७४ लाख, ग्रामिण विकास बैंक २८ करोड ५२ लाख, एचआईडीसीएल २७ करोड १५ लाख र एनसीसी बैंकको २३ करोड १६लाख बढीको सेयर कारोबार भयो।       

 


Share this with your friends: