१३५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न बुटवल पावर कम्पनीले भित्रायो विदेशी लगानीकर्ता

2021-04-29
१३५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न बुटवल पावर कम्पनीले भित्रायो विदेशी लगानीकर्ता

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विदेशी लगानीकर्ता भित्राएको छ। कम्पनीको पूर्ण स्वामित्वमा रहेको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले तीवनटा चीनियाँ लगानीकर्ता भित्राएको हो। 

कम्पनीले मनाङ जिल्लाको चामे र नासोङ गाउँपालिकामा स्थित मस्र्याङदी नदीमा निर्माण हुन लागेको १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनका लागि चीनीयाँ लगानीकर्ता भित्राएको हो। कम्पनीले सेयर बिक्रीमार्फत एससीआईजी इन्टरनेशनल लिमिटेड, छिङचेङ इन्टरनेशनल कम्पनी लिमिटेड र क्यूवाईसी इन्टरनेशनल कम्पनी लिमिटेडलाई भित्राएको हो। 

आयोजनामा यी लगानीकर्ताको सेयर स्वामित्व क्रमशः ४९.४७ प्रतिशत, १६.४७ र ११.६४ प्रतिशत कायम भएको छ। बुटवल पावर कम्पनीका सेयर स्वामित्व भने २२.४० प्रतिशत रहेको छ। 

यो आयोजनाको बिद्युत खरिद सम्झौता गत चैत ९ गते भईसकेको छ र वित्तीय व्यवस्थापनको कार्य प्रक्रियामा रहेको छ। आयोजनाले सन् २०२५ मार्च महिनाभित्र निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।  

 


Share this with your friends: