१७.३१ अंकले बढ्यो नेप्से, प्रभु लाइफको सेयरमूल्य ३ सय रुपैयाँ पार

2021-01-18
१७.३१ अंकले बढ्यो नेप्से, प्रभु लाइफको सेयरमूल्य ३ सय रुपैयाँ पार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह वृद्धि भएका छन्। आज जीवन बीमा समूह १९९.४७ अंकले बढ्दै १५०७४.५० को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह १२६.१३ अंकले उकालो लाग्दै १०८८०.९९ को बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। प्रभु लाइफको सेयरमूल्य आज ९.७३ प्रतिशतले बढ्दै प्रतिकित्ता ३२७ रुपैयाँ कायम भयो। त्यस्तै आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ७.४१, सूर्या लाइफ ७.०१, एनएलजी इन्स्योरेन्स ६.२८ जनरल इन्स्योरेन्स ५.५९, नेपाल इन्स्योरेन्स ४.८७ प्रतिशतले बढे। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा आइएमई जनरल रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.४३ प्रतिशतले घट्दै प्रतिकित्ता ८८५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक १७.३१ अंकले बढ्दै २३३२.३२ को उचाईमा पुग्यो। यो दिन बजारमा २०७ कम्पनीका १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६.५५ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २.८१ अंकले बढेको आज विकास बैंक समूह ५०.४५, वित्त २२.५८, होटल ११३, उत्पादन तथा प्रशोधन २१.४०, लघुवित्त १००.१०, अन्य ११.४२, व्यापार १८१.०४ र म्युचुअल फन्ड ०.२५ अंकले बढे। 

आज गिरावट आउने एउटा मात्रै समूहको रुपमा होटल समूह रह्यो। यो दिन होटल समूह ११.५२ अंकले ओरालो लाग्यो। 

आज सिभिल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने विशाल बजारको ९.९८, गोर्खाज फाइनान्स ९.९७, नारायणी डेभलपमेन्ट बैंक ९.९६ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्यो। 

यो दिन समृद्धि फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। आज यो कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतका दरले गुमाए। त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकका लागनीकर्ताले ३.६४ प्रतिशत, गुडविल फाइनान्स ३.०७ र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले २.९३ प्रतिशतका दरले गुमाए। 

आज प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। आज बैंकको ३३ करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ। यसैगरी नेपाल टेलिकमको २६ करोड ८५ लाख, एनआईसी एशिया बैंकको २० करोड २४ लाख, नेपाल पुनर्बीमाको १७ करोड ८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २२ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: