काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ लाख कित्त बढी साधारण सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा आरम्भ चौतारी लघुवित्तले प्राप्ति गरेको साविकको देउराली लघुवित्तको २ लाख १ हजार ६ सय कित्ता सेयर सूचीकृत भएको हो ।
आरम्भ चौतारीले देउराली लघुवित्तलाई १ः०.८४ अनुपातमा प्राप्ति गरेको थियो ।