३० मिलियन डलरको बोन्ड जारी गर्ने विषयको बैंकको रणनिती भित्रकै हिस्सा भएको निफ्राको जवाफ

2021-03-21
३० मिलियन डलरको बोन्ड जारी गर्ने विषयको बैंकको रणनिती भित्रकै हिस्सा भएको निफ्राको जवाफ

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई स्पष्टीकरण पेश गरेको छ। निफ्राले ३० मिलियन डलरको बोन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने शीर्षकमा विभिन्न पत्रपत्रिमा समाचारमा आएको विषयमा गत चैत ४ गते नेप्सेद्वारा सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेको हो। 

स्पष्टीकरण पेश गर्दै निफ्राले ३० मिलियन डलरको बोन्ड जारी गर्ने विषयको बैंकको रणनिती भित्रकै एक हिस्सा भएको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनका लागि तयार गरिएको विवरणपत्रमा समेत यसअघि नै उल्लेख गरिएको स्पष्ट पारेको छ। यस्तै बैंकले यसका लागि सम्बनधीत नियमनकारी निकायबाट लिनुपर्ने केहि सहमति÷स्वीकृतीहरु समेत लिईसकेको र यसलाई अन्तिम रुप दिन चाहिने थप सहमति/स्वीकृतीहरु लिदै यथासक्य तोकिएको ब्याजदरमा बोन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गर्ने गरी बैंक अघि बढिरहेको स्पष्ट पारेको छ। 

यस्तै लाभांसको सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिदै बैंकले सार्वजनिक सेयर निष्कासनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आ.व २०७७/७८ मा ८ प्रतिशत लाभांस वितरण गर्ने प्रक्ष्येपण गरिएको जनाएको छ। 

बैंकले दिर्घकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न बोन्ड जारी गरी स्रोत संकलन गर्ने मुख्य उदेश्य लिएको जनाएको छ। सोहि अनुरुप बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु तथा इन्स्योरेन्स कम्पनीहरुका लागि उपयुक्त हुने ऋणपत्र जारी गर्ने र संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अगाडी बढाएको जनाएको छ। 

 


Share this with your friends: