काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ६६६.५९ अंकले बढ्दै १८९६३.८६ बिन्दुको उचाइमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५५४.१५ अंकले बढ्दै १५२०६.८५ बिन्दुको उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ८८० रुपैयाँ कायम भयो। यस्तै नेपाल इन्सुरेन्सको सेयरमूल्य ९.०६, एलआईसी नेपाल ८.४५, लुम्बिनी जनरल ७.६९ एभरेष्ट ७.५३, युनाइटेड इन्स्योरेन्स ७.३५, प्राइम लाइफ ७.१९, जनरल इन्स्योरेन्स ७.०८, प्रभु ६.४०, सानिमा जनरल ६.३५, रिलायन्स लाइफ ६.३१, प्रुडेन्सियल ६.१२ आइएमई जनरलको सेयरमूल्य ५.४९ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंको वृद्धि आयो। परिसूचक ५३.४४ अंकले बढ्दै २९६०.१४ बिन्द ुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १६अर्ब ९५ करोड १२ लाख ९९ हजार ०४० रुपैयाँमा किनबेच भयो।
आज बजारमा तीनवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २०.१ अंकले बढेको आज व्यापार १९.२७, विकास बैंक ३९८.२९, हाइड्रोपावर ५८.३६, वित्त १८५.९३, उत्पादन तथा प्रशोधन १२९.३, अन्य ४५.६३ र म्युचुुअल फन्ड ०.३४ अंकले बढ्यो।
आज लघुवित्त समूह २४.२१, होटल एण्ड टुरिजम १६.४५ र लगानी समूह ०.९३ अंकले घट्यो।
आज ७ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। हिमालयन जनरल, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढे।
आज मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.८५ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १ अर्ब ६ करोड बढीको सेयर कारोबार भयो। यस्तै रसुवागढी हाइड्रोपावर ४७ करोड ८२ लाख, युनाइटेड मोदी हाइड्रो ३७ करोड ३९ लाख र लुम्बिनी विकास बैंकको ३५ करोड ७८ लाख बढीको सेयर कारोबार भयो।