काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा समूहका लागि मिश्रीत रह्यो। आज निर्जीवन बीमा समूहमा वृद्धि आयो भने जीवन बीमा समूहमा गिरावट। आज निर्जीवन बीमा समूह १०.४५ अंकले उकालो लाग्दै ८०९१.२६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ३९.८९ अंकको वृद्धि देखिएको थियो।
अघिल्लो कारोबार दिन बढेको जीवन बीमा समूह आज भने ओरालो लाग्यो। आज जीवन बीमा समूह ७.४५ अंकले घट्दै ९७११.८६ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एक मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.७३ प्रतिशतले घट्यो। २१ रुपैयाँको गिरावटसँगै यो कम्पनीको सेयरमूल्य ५४२ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
नेप्से परिसूचकमा आज पनि अघिल्लो दिनजस्तै गिरावट आयो। अघिल्लो कारोबार दिन १.७८ अंकले घटेको नेप्से परिसूचक आज भने ४.७२ अंकले घट्दै १६४०.९६ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा १९६ कम्पनीका १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँमा किनबेच भयो।
आज ५ वटा समूहमा मात्रै वृद्धि देखियो। आज लघुवित्त समूहका लगानीकर्ता मालामाल भए। यो दिन लघुवित्त समूहमा २९.४१ अंकको उछाल आयो। त्यस्तै हाइड्रोपावर १९.३१, व्यापार २४.३७ र अन्य समूह ५.३६ अंकले उकालो लागे।
१५.२९ अंकका साथ आज होटल समूहमा सबैभन्दा धेरै गिरावट आयो। यस्तै उत्पादन तथा प्रशोधन, बैंकिङ, विकास बैंक, वित्त र म्युचुअल फन्ड पनि क्रमश १५.२१, १४.५५, ६.९८, २.१८ र ०.०१ अंकले घटे।
यो दिन ६ वटा कम्पनीका सेयरधनीहरु मालामाल भए। आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र नेपाल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा शिवश्री हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट र नेरुडे लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो।
यो दिन सानिमा इक्विटी फन्डका इकाइधनीहरुले धेरै गुमाएका छन्। यो फन्डको इकाइमूल्यमा ५ प्रतिशत बढीको गिरावट आयो।
आज नेप्सेमा सूचीकृतमध्ये १९६ कम्पनीका १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँमा कारोबार भए।
यो दिन शिवश्री हाइड्रोपावरले सर्वाधिक २३ करोड २७ लाख रुपैयाँ बढीको कारोबार गरेको छ। अपी पावरले १६ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार गरेको आज प्राइम कमर्सियल बैंकको १५ करोड ६८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १२ करोड २४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ७७ लाख रुपैयाँ, सानिमा बैंकको १० करोड रुपैयाँ, नेपाल बैंकको ९ करोड ३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ९ करोड ३ लाख रुपैयाँ, प्रभु बैंकको ८ करोड ४७ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ७ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भयो।