काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन आज(असार असार २३ गते)देखि गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमकाुे १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ ।
यो योजना निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गत असार १० गते अनुमति प्रदान गरेको थियो ।
यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको निष्कासन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बैंकिङ समयपछि हुनेछ ।