‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)’ को सार्वजनिक निष्कासन असार १० देखि

2021-06-15
 ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)’ को सार्वजनिक निष्कासन असार १० देखि

काठमाण्डौ । एनआईसी एशिया म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) को सार्वजनिक निष्कासन आगामी असार १० गतेदेखि हुने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिनेछ । 

यो योजनाको आकार १ अर्ब रुपैयाँ हुनेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

यो योजनाको निष्कासन छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समयपछि हुनेछ ।  


Share this with your friends: