‘एनआईसी एशिया सेलेक्ट–३०’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

2021-06-28
‘एनआईसी एशिया सेलेक्ट–३०’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)मा आवेदन दिने आज(असार १४ गते)अन्तिम दिन रहेको छ । यो योजनाको सार्वजनिक निष्कासन गत असार १० गतेदेखि गरिएको थियो । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । 

यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: