काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट फन्ड ३०’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत असार १० गतेदेखि बिक्री खुला गरिएको ‘एनआईसी एशिया सेलेक्ट फन्ड ३०’ का १२ करोड ५० लाख इकाइ नेप्सेको भदौ १० गतेको निर्णयअनुसार सूचीकृत भएको हो । भदौ ११ गते नेप्से र प्रभु क्यापिटलबीच सूचीकरण सम्झौता भएको थियो ।
नेप्सेले यो म्युचुअल फन्डलाई दोस्रो बजार कारोबारका लागि ‘एनआईसीएसएफ’ कोड प्रदान गरेको छ ।
यो योजनाका इकाईको सार्वजनिक निष्कासन गत असार १० गतेदेखि १४ सम्म गरिएको थियो भने यसको बाँडफाँड कार्य असार २० गते सम्पन्न गरिएको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा यो योजनाका इकाइहरुको कारोबार भोलिदेखि हुनेछ ।