काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको १.५० अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्रमा आवेदन दिने आज(जेठ १३ गते) अन्तिम दिन रहेको छ ।
बैंकले गत जेठ ०९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।
यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ (५ प्रतिशत अर्थात ३० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) को सार्वजनिक निष्कासन गरिएको छ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।
धितोपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
बैंकलाई यो ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले गत वैशाख ९ गते अनुमति प्रदान गरेको थियो ।