‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आजदेखि

2021-09-02
‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आज(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो । 

प्रति इकाइ मूल्य रु।१० दरको १० करोड इकाइको ४० प्रतिशत अर्थात ४ करोड इकाइ प्रथम चरणमा सार्वजनिक रुपमा निष्कासन गरिएको छ । 

प्रति इकाइ मुल्य रु।१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्र्धक एनएमबि बैंक लिमिटेडका लागि सुरक्षित राखि र १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापकका लागि सुरक्षित राखि बाँकी न्यूनतम २ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य( का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

यो योजनाको निष्कासन छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गते बैंकिङ समयपछि हुनेछ । 


Share this with your friends: