‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज अन्तिम दिन

2021-09-06
‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज(भदौ २१ गते)अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ १७ गतेदेखि निष्कासन गरिएको थियो । 

प्रति इकाइ मूल्य रु.१० दरको १० करोड इकाइको ४० प्रतिशत अर्थात ४ करोड इकाइ प्रथम चरणमा सार्वजनिक रुपमा निष्कासन गरिएको छ । 

प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्र्धक एनएमबि बैंक लिमिटेडका लागि सुरक्षित राखि र १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापकका लागि सुरक्षित राखि बाँकी न्यूनतम २ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: