‘एनएमबी सरल बचत फण्ड–ई ’लाई बोर्डबाट निष्कासनको अनुमति

2021-08-10
‘एनएमबी सरल बचत फण्ड–ई ’लाई बोर्डबाट निष्कासनको अनुमति

काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबी सरल बचत फण्ड–ई ’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासन अनुमति पाएको छ । 

१ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले साउन २२ गते निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक एनएमबी बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

बोर्डबाट अनुमति पाएसँगै अब यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। ‘एनएमबी सरल बचत फण्ड–ई’ खुलामुखी योजना हुनेछ ।  


Share this with your friends: