‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आजदेखि

2021-09-10
‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक  निष्कासन आजदेखि

काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आज(भदौ २५ गते)देखि गरिएको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत १५ प्रतिशत कोष प्रवद्र्धक नबिल बैंक लिमिटेडका लागि सुरक्षित राखि र १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ योजना व्यवस्थापकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

यो योजनाको निष्कासन छिटोमा भदौ २९ गते र ढिलोमा असोज ८ गते बैंकिङ समयपछि हुनेछ ।


Share this with your friends: