‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन जेठ ५ गतेदेखि

2021-05-10
‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन जेठ ५ गतेदेखि

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आगामी जेठ ५ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत वा १० लाख इकाइ सुरक्षित राखि बाँकी न्यूमतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिनेछ । 

यो योजनाको आकार १ अर्ब रुपैयाँ र यसको अवधि ७ वर्षको हुनेछ । यो बन्दमुखी योजना हुनेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

 


Share this with your friends: