‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आजदेखि

2021-05-19
‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आज(जेठ ५ गते)देखि खुला गरिएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत वा १० लाख इकाइ सुरक्षित राखि बाँकी न्यूमतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । 

यो योजनाको आकार १ अर्ब रुपैयाँ र यसको अवधि ७ वर्षको हुनेछ । यो बन्दमुखी योजना हुनेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन्। 


Share this with your friends: