काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ को सार्वजनिक निष्कासन आज(भदौ १ गते)देखि गरिएको छ । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ ।
यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको निष्कासन छिटोमा भदौ १० गते र ढिलोमा भदौ १८ गते बैंकिङ समयपछि हुनेछ ।