‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन

2021-08-26
 ‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फन्डको सार्वजनिक निष्कासन गत भदौ १ गतेदेखि गरिएको थियो । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो । 

प्रति इकाइ मुल्य रु।१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । 

यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: