‘सानिमा लार्ज क्याप फन्ड’को निष्कासन माघ ९ गतेदेखि

2021-01-11
‘सानिमा लार्ज क्याप फन्ड’को निष्कासन माघ ९ गतेदेखि

काठमाण्डौ । सानिमा बैंक कोष प्रवद्धर्क र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको “सानिमा लार्ज क्याप फण्ड” आउँदो माघ ९ गतेदेखि निष्कासन हुने भएको छ। यो फण्ड सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ। 

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले “सानिमा लार्ज क्याप फण्ड” अन्तर्गत गत पुस १४ गते रु १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासनको अनुमति प्रदान गरेको थियो।  

कुल इकाईमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

यो योजनाको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलामा माघ २६ गते बैंकिङ समयपछि हुनेछ।


Share this with your friends: