‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को सार्वजनिक निष्कासन आजदेखि

2021-06-30
‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ को सार्वजनिक निष्कासन आज(असार १६ गते)देखि गरिएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइ निष्कासन भएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको २ करोड इकाइ सार्वजनिक रुपमा जारी गरी बाँडफाँड भईसकेपछि खुद सम्पत्ति मूल्यका आधारमा तोकिएको प्रति इकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकेका इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पत्ति मूल्य गणना गरी सो मूल्यलारुई इकाई पुनःखरिद तथा बिक्री मूल्यमा लिई इकाईको निरन्तर बिक्री तथा पुर्नखरिद गरिनेछ । योजनाको सुरुको आकारको ५ प्रतिशत योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत प्रति इकँई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बीजपूँजीको रुपमा लगानी गर्नेछ ।   

यो योजनाको आकार २० करोड रुपैयाँ र यसको अवधि लागूहुने छैन । यो खुलामुखी योजना हुनेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: