रिचार्जरद्वारा रु. ९९९ मै पल्स अक्सिमिटर उपलब्ध गराउने घोषणा

2021-05-12
रिचार्जरद्वारा रु. ९९९ मै पल्स अक्सिमिटर उपलब्ध गराउने घोषणा

काठमाण्डौ । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । 

पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यमा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने भएको हो ।

पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो । 

बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एकजना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्नसक्ने छन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निशुल्क डेलिभरी हुनेछ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 

कोरोना संक्रमण तीब्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिनाकुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउन लागेको रिचार्जरले जनाएको छ । 

यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखि ८२ हजार रुपैयाँमा उपलब्ध गराउनेछ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैयाँमा, सर्जिकल मास्क ५ रुपैयाँमा, के ९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस शिल्ड ५५ रुपैयाँमा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । 

त्यसैगरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैयाँ, ५ लिटरको स्यानिटाइजर ७९९ देखि ९९९ रुपैयाँका साथै थर्मल गन ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ । 

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।


Share this with your friends: