काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र निकै प्रभावित साबित भएको र यो स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको जनाएको छ।
जेठ ६ गतेसम्मको तथ्यांकअनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट ५५० भन्दा बढी कोभिड संक्रमित बिरामीले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिब २५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन्। वैशाख २६ बाट सुरु भएको हेल्लो डाक्टरमार्फत भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन्।
सहायता केन्द्रबाट अस्पतालर आईशोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलिन्डर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग तथा समन्वय भइरहेको छ ।
कोभिड संक्रमण भई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आईसीयू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिजन सिलिन्डर भर्न समस्या परेका, अक्सिजनसहितको सिलिन्डर, आईशोलेसन केन्द्र, रेम्डेसिभरलगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको पनि महासंघले बताएको छ ।
महासंघले क्षेत्रपाटी र कमलपोखरीमा सञ्चालन गरेको आईशोलेसन केन्द्रमा राख्ने प्रवन्ध मिलाएको छ । कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जांदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले अभियान चलाएको जारी प्रेसविज्ञप्तिमा उल्लेख छ ।
महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानप्रति विभिन्न माध्यममार्फत व्यक्त केहि महत्वपूर्ण धारणाहरू
संदेश श्रेष्ठ, व्यवसायी
‘सामाजिक रूपमा पनि सकारात्मक संदेश जानुकोसाथै सामाजिक उत्तरदायित्व पनि निभाउन सकेकोमा जिल्ला उद्योग वाणिज्य संघहरू र उद्यमी व्यवसायीहरूले गर्वको महशुस गरेका छौं ।’
अखिल चापागाई, पूर्व कार्यकारिणी समिति सदस्य,नेउवामहासंघ
‘महासंघको यस अभियानको ह्रृदयदेखिनै प्रशंसा गर्दछु । वास्तवमै यो अभियानबाट समस्यामा परेकाहरूले निकै ठूलो राहतको महशुस गरेका छन् ।’
अशोककुमार टेमानी, पूर्व कार्यकारिणी समिति सदस्य,नेउवामहासंघ
‘उत्कृष्ट सहकार्य । यो वस्तवमै उद्धार हो । महान कार्यका लागि आभार । महासंघ टीमलाई बधाई ।’
राजन श्रेष्ठ, कार्यकरिणी समिति सदस्य
‘अतिनै सराहनीय कार्य, निजी क्षेत्र सधै नाफामुखीमात्र हुँदैन । हरेक सामाजिक अभियानमा पनि सदैव अग्रसर रहने गरेको छ भन्ने दह्रिलो उदाहरण हो यो ।’
उमेशलाल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष, नेउवामहासंघ
‘यो महानकार्यमा लागिरहेको सिंगो टिमनै बधाईका पात्र हुनुहुन्छ । सामूहिक प्रयासबाट गरिएको काम सधै सफल हुन्छ । तपाईहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोगका हात अगाडि बढाउनुहोस ।’
भवानी राणा, निवर्तमान अध्यक्ष,नेउवामहासंघ
‘महासंघले थालेको अभियानको जहांतही हरेकले उच्च प्रशंसा गरेका छन् । यसमा लग्नुहुने महासंघको नेतृत्व र यसमा सहभागी सवै बधाईका पात्र हुनुहुन्छ ।’
शेखर गोल्छा, अध्यक्ष, नेउवामहासंघ
‘वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको यो टिमको कार्य देखेर मलाई गर्व महशुस हुन्छ । तपाईहरूको प्रयास यसरीनै अन्तिमसम्म पनि जारी रहोस, मेरो तर्फबाट पूर्ण सहयोग र साथ रहने छ ।’