मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

2021-05-31
मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६० हजार ४१८ कित्ता संस्थापक सेयर आज(जेठ १७) गतेदेखि लिलामीमा राखिएको हो। 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहल काठमाण्डौमा आईपुग्ने गरी जेठ ३१ गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: