काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो।
बैठकले आगामी असार ६ गते आइतबारका दिन दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा कम्पनीको उदेश्य संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।