एचआईडीसीएलको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर

2021-06-10
 एचआईडीसीएलको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(जेठ २८ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।  

कम्पनीले चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत जेठ ९ गते ११ करोड कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१९एक बराबर एक० हकप्रद सेयर निष्कासनको अनुमति प्राप्त गरेको थियो ।


Share this with your friends: