बोर्डद्वारा जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति

2021-06-15
बोर्डद्वारा जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट जेठ ३० गते अनुमति प्राप्त गरेको हो। 

धितोपत्र बोर्डले कम्पनीलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। 

संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ।  


Share this with your friends: