सेबोनद्वारा जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक, अधिकांस हाइड्रो कम्पनी, ११ वटा बीमा कम्पनी

2021-06-15
सेबोनद्वारा जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक, अधिकांस हाइड्रो कम्पनी, ११ वटा बीमा कम्पनी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरेको. भन्दै ५१ ओटा कम्पनीहरुको सूची प्रकाशित गर्दै अध्ययन सुरु गरेको छ । 

बोर्डले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै गठित अध्ययन समितिले ती कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारिएको जनाएको छ । यसरी शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गर्ने कम्पनीहरुमा अधिकांस जलविद्युत् कम्पनी रहेका छन् । यसमा ११ वटा बीमा कम्पनीहरु रहेका छन् । 

बोर्डले विगत एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुले मूल्य बृद्धि ३०० प्रतिशत र सो भन्दा बढि प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढि भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कम भएका कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन सर्कुलर कारोबार, कर्नरिङ समेतका आधारमा विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र बोर्डले लगानीकर्तालाई आफ्नो जोखिम बहन क्षमतालाई दृष्टिगत गरी वित्तीय परिसूचक मूल्यांकन गरी सुझबुझका साथ लगानी गर्न पनि भनेको छ ।

शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरेका कम्पनीहरुमा कर्पोरेट डेझपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, मद्यटी पर्पस फाइनान्स, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, चन्द्रागिरी हिल्स, सोल्टी होटल, आखुखोला वजविद्युत, अरुण भ्यालि हाइड्रो, वरुण हाइड्रो छ्याङदी हाइड्रो, दिव्यश्वरी हाईड्रो, हिमालयन उर्जा विकास, खानी खोला हाइड्रो लिबर्टी हाइड्रो, माउन्टेन हाइड्रो, माउन्टेन हाइड्रो नेपाल,पञ्चकन्या माइहाइड्रो, राधि विद्युत कम्पनी, रैराङ हाइड्रो, रसुवागढी हाइड्रो, रिडि हाइड्रो ,सान्जेन हाइड्रो, सिनर्जी हाइड्रो, युनियन हाइड्रो, युनिर्भुसल पावर, अपर तामाकोशी, एशियन लाइफ, गुराँस लाइफ, एलआईसी नेपाल, नेपाल इन्स्योरेन्स, रिलायन्स लाइफ, हिमालयन डिस्टीलरी, शिवम सिमेन्ट, घोडीघोडा लघुवित्त, महिला लघुवित्त, नेशनल हाइड्रोपावर, पाचथर पावर, अजोड इन्स्योरेन्स, अइएमई जनरल, राष्ट्रिय बीमा संस्थान, सानिमा जनरल युनाइटेड इन्स्योरेन्स, सीआईटी, एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, एनआरएन, विशाल बजार र एसटीसी रहेका छन् ।  

sebon   

Share this with your friends: