एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद निष्कासन गर्ने

2021-07-02
एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आउँदो साउन २४ गते बन्द हुनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल , सि आस्वाका सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहहरु न्यूरोड काठमाण्डौ, बानेश्वर काठमाण्डौ , ठिमी भक्तपुर, लगनखेल ललितपुर, विर्तामोड, विराटनगर, जनकपुर, विरगंज, हेटौडा, नारयाणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लङु, नेपालगंज, सुर्खेत, घोराहि दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।   

कम्पनीको १ः१(सतप्रतिशत) अनुपातको हकप्रद निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते अनुमति दिएको थियो । 


Share this with your friends: