बैंकासुरेन्स सेवालाई मौद्रिक नीतिमा पुनः समावेश गर्नुपर्ने बैंकर्स संघको सुझाव

2021-07-05
बैंकासुरेन्स सेवालाई मौद्रिक नीतिमा पुनः समावेश गर्नुपर्ने बैंकर्स संघको सुझाव

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैंकासुरेन्स सेवालाई व्यवस्थित बनाई पुनः समावेश गर्न नेपाल बैंकर्स संघले सुझाव पेश गरेको छ । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राय पठाउँदै बैंकर्स संघले नेपाल राष्ट्र बैंक सामु यस्तो सुझाव पेश गरेको हो । 

संघले सर्वसाधारण जनतामाझ बीमाको दायरालाई बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी बिक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्नुपर्ने सुझाव दिएको छ । 

यस्तै बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर–दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने बैंकर्स संघले जनाएको छ । 

बैंकलाई एजेन्सी बनाएर जबरजस्ती बीमा पोलिसी बेच्ने गरेको र सले विकृति ल्याएको भन्ने आरोप लागेपछि गत वर्षदेखि नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकासुरेन्स सेवा बन्द भएको थियो । बैंकहरूलाई संस्थागत एजेन्ट बनाएर बीमा पोलिसीहरू बिक्री गर्ने प्रचलन पहिले देखिनै भएको र यसलाई रोकेर राष्ट्र बैंकले बीमाको पहुँचलाई प्रभावित पारेकाले बैंकासुरेन्स सेवालाई पुनः सुचारु गर्नुपर्ने माग उठ्दै आईरहेको छ । 


Share this with your friends: