प्रोग्रेशिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा विस्तार

2021-07-25
प्रोग्रेशिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा विस्तार

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं. ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार सुरुआत गरेको हो। 

शाखा विस्तारसँगै फाइनान्सको १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिने जनाएको छ ।

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सि–आस्बालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखा तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारीसमेत गरिसकेको छ।


Share this with your friends: