परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक वृद्धि

2021-07-25
 परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४८.४२ अंकले बढ्दै १४४६९.४० बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३०.८६ अंकले बढ्दै १७५८९.२५ बिन्दुमा पुग्यो। 

ेआज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। यो कम्पनीको सेयरमूल्य ३.१९ प्रतिशतले बढ्दै प्रतिकित्ता १२८८ रुपैयाँ कायम भयो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

ेआज नेप्से परिसूचक दोहोरो अंकले बढ्दै अल टाइम हाईमा पुुग्यो। परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६३ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँमा किनबेच भयो। 
आज ९ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। विशाल बजार कम्पनी, ङादी गुप्र पावर कम्पनी, सर्पोट माइक्रोफाइनान्स, राधि विद्युत कम्पनी, पञ्चकन्या माईहाइड्रो, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिलिभर पावर र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज लक्ष्मी उन्नती कोषको मूल्यमा सर्वाधिक गिरावट आयो कोषको मूल्य ३.९५ प्रतिशतले ओरालो लाग्यो। 

यो दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४९ करोड ७६ लाख बढीको सेयर कारोबार भयो भने ग्लोबल आइएमई बैंक ४९ करोड ४३ लाख र एनसीसी बैंकको ३४ करोड ७८ लाख बढीको कारोबार भयो। 

 


Share this with your friends: