काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले देशभर रहेका मर्चेन्टव्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको हो।
यो योजना फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यवसायलाई समेट्ने गरी आज साउन १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
यो योजनामा हरेक दिन क्यूआरआर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन १ लाख रुपैयाँ जित्न सक्नेछन्। यो योजनामा फोनपेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ।
योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिस्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ। फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यानमार्फत आफैँ रजिस्ट्रर हुन सकिन्छ।
यसका साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ।
यस योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुनेछन्। यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभमार्फत गरिने फोनपेले जनाएको छ।
यो योजनामा फोनपेमार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहने कम्पनीले जनाएको छ ।