अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

2020-09-04
अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

काठमाण्डौ । पदमुक्त हुने एक दिन अगावै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। 

खतिवडाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई राजीनामा पत्र बुझाएका हुन्। 

राजीनामा बुझाउनुअघि उनले सूचना तथा संचार प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै विदा लिएका थिए । 
ख्तिवडाले विदाईका क्रममा सम्बोधन गर्दे वित्तीय संघियता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको बताएका थिए। यसका साथै उनले राजस्व प्रशासनमा सुधार देखिएको र भ्याट फिर्ता खारेजीको निर्णयलाई उनले आफ्नो कार्यकालको उपलब्धीको रुपमा लिएका छन्। 

युवराज खतिवडाले राजीनामा दिएपछि देशमा नयाँ अर्थमन्त्रीलाई लिएर सर्वत्र चर्चा सुरु भएको छ।  

 


Share this with your friends: