काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्तले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।
सिभिल लघुवित्त सिभिल बैंक लिमिटेडको सहायक कम्पनी हो ।