एचआईडीसीएलको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप

2021-08-09
एचआईडीसीएलको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीको गत साउन ५ गतेदेखि निष्कासन गरिएको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको हो ।

लगानीकर्ताले अब यो हकप्रद सेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएको थियो ।  कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल , सि आस्वाका सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहहरु न्यूरोड काठमाण्डौ, बानेश्वर काठमाण्डौ , ठिमी भक्तपुर, लगनखेल ललितपुर, विर्तामोड, विराटनगर, जनकपुर, विरगंज, हेटौडा, नारयाणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लङु, नेपालगंज, सुर्खेत, घोराहि दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।   

कम्पनीको १ः१(सतप्रतिशत) अनुपातको हकप्रद निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते अनुमति दिएको थियो । 


Share this with your friends: