इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन

2021-08-12
इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन

काठमाण्डौ । भैरहवा क्षेत्रमा रहेका बीमा कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन्। जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु संगठित भएर  अगाडि बढ्न लागेको संस्थापक अध्यक्ष प्रकाश शर्माले बताएका छन् ।

 पेशागत सुरक्षाकालागि संगठित भएकोले सुरक्षनकालागि रकम जम्मा गरेको शर्माले बताए । वार्षिक रुपमा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्, कर्मचारी प्रोमोसनका कार्यक्रम, रक्तदान, ट्रि फल्न्ट, आपतकालिन कोष, फुटसल, जनचेतनामूलक कार्यक्रम गर्ने अध्यक्ष शर्माले बताएका छन् ।

उद्योगी व्यवसायीको रक्षा गर्ने इन्स्योरेन्स रहेको र इन्स्योरेन्स सञ्चालनमा उद्योगी नभइ नहुने भएकोले दुई संस्था बीच भगिनी सम्बन्ध रहेको  सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भीष्म न्यौपानेले बताएका छन् । उद्योगी व्यवसायीलाई पुनर्जीवन दिन इन्स्योरेन्सको महत्त्वपूर्ण हुने भएकोले बिमा भुक्तानी दावी गरिसकेछि सहज रुपमा दिने व्यवस्था गरिदिन न्यौपानेले आग्रह गरेका छन् ।

इन्स्योरेन्स कम्पनी र बैंकर्सबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकोले सेवा प्रवाह गर्न एकजुट भएर अगाडि बढ्ने  बैकर्स अफ भैरहवाका अध्यक्ष खिमबहादुर कार्कीले बताए । पेशागत सुरक्षाकालागि संगठित भएर अगाडि बढ्न आवश्यक रहेकोले सबै व्यवसायी संगठित भएर अगाडि बढ्न कार्कीले आग्रह गरे ।

पेशागत हकहितका लागि संस्था गठनभएकोले बिमा बाट पीडित भएका व्यक्तिहरुको गुनासो छिटो भन्दा छिटो सम्बोधन गरिदिन  लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले जोड दिएका छन्। कोभिडको बिमा गरेता पनि अहिले सम्म भुक्तानी नपाएकोले सकेसम्म छिटो व्यवस्था गरिदिन इन्स्योरेन्स एशोसिएसन अफ भैरहवाले पहल गरिदिन केसीले आग्रह गरे । बीमा क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा लाई नियन्त्रण गर्न संगठनले सहयोग गर्ने सगरमाथा इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवालीले बताए ।


Share this with your friends: