सेबोनद्वारा‘नबिल ब्यालेन्स्ड फन्ड ३’लाई निष्कासनको अनुमति प्रदान

2021-08-13
सेबोनद्वारा‘नबिल ब्यालेन्स्ड फन्ड ३’लाई निष्कासनको अनुमति प्रदान

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘नबिल ब्यालेन्स्ड फन्ड ३’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासनको अनुमति पाएको छ । 

१ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले आज(साउन २९ गते) निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । 

बोर्डबाट अनुमति पाएसँगै अब यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। यो योजना बन्दमुखी योजना हुनेछ । 


Share this with your friends: