सिन्धुलीमाडीमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

2021-09-01
सिन्धुलीमाडीमा  नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा आफ्नो शाखा विस्तार गरेको छ । यो शाखा बैंकको ८७ औँ शाखा  हो।

नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए। सिन्धुलीमाडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्ण रुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट ग्राहकलाई सेवा पुर्याइरहेको छ। 


Share this with your friends: